तपाईंको पाना

                    कबिता तपाईंहरुको 

औशी को रात भएछु म त चन्द्र सरी फुल्न सकिन
सम्झना को प्यासी भएछु म त प्रिया तिमीलाई भुल्न सकिन
                    •••• ♥♥♣♣♥♥••••




 timromaya6

     Nisa Katwal
आगो झैँ सपना जल्यो भने…
माया को संसार दिन झैँ ढल्यो भने..
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…
भित्रि मन मा आधि बताश चल्यो भने ,,,,,
;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;
               Nisa Katwal

भावना केवल भावनामा मात्रै सिमित हुँदैनन् जँहा अनेकौ सपना र कल्पनाका लहरहरु सजाएका हुन्छन |
अरुको भावनामा खेलेर के नै पाउँछ र यहाँ मान्छे हरु कति स्वर्थी र निठुरी बन्दो रहेछन,,,
म मात्र ठुलो म मात्र खाऊ ,लाऊ .भन्ने जब सम्म प्रवित्ति मान्छे मा जब सम्म रहन्छ..
तब सम्म उसले अरु को सन्मान गर्न सिक्दैन ????/
नमस्कार मित्र ज्यु.. शुभ रात्री को शुन्दर सपिनी को कामना मिठो सम्झना…..

  

     गजल

गीता थापा (दोषी)

सत्ता जित्न पाए बिकास गर्छु भन्थ्यौ पहिले तिमी
देश यो हालतमा पुर्‍याइ चुप'चाप अहिले तिमी

सुस्त छन् चल्ने पाइँला छेपारोले झैं रंग फेरि
ठूला-ठूला भाषण ठोक्ने गर्छौ,अझैँ जहिले तिमी

हाम्रा कुरा सुने-सुने जस्तो गरि उडाइ दिन्छौ
दोष जति अरु लाई राम्रो गरें भन्छौ मैले तिमी

भन-कति जोड्ने! चिसो चूलो मागी पराइ सँग ?
सुरक्षा र शान्तिको स्थापना गर्छौ कहिले तिमी ?


गजल

खेमराज गाउँले
लुकीलुकी लाएको माया हरायो ।
बाचा कसम खाएको माया हरायो । 

विश्वास गर्थें कति मन पराउथेँ पनि,

मेरै मनले चाहेको माया हरायो ।

एकान्तमा भेट भई जिन्दगीका गफ गथ्र्यौं,
पहिलो पटक पाएको माया हरायो ।

‘गाउँले’ भनी सबैले हेला मात्र गर्छन्,
मेरो जीवनमा आएको माया हरायो ।



No comments: