Sunday 11 August 2013

डरलाग्दो प्रतियोगिता, मौरीको दाह्री (फोटोफिचर सहित)




दाह्री जुँगा नियमित सफाचट पार्ने मानिसलाई अलिकति दाह्री बढ्यो भने त कस्तो अप्ठेरो हुन्छ । तर अनुहारभरि मौरीले ढाक्दा पनि यी तन्नेरीहरु ङच्िच हाँसिरहेका छन् । अनुहार मात्र होइन जिउ नै मौरीको घार जस्तो भैसक्दा पनि उनीहरु झनै उत्साहित छन्, डराएका छैनन् ।
1
क्यानडाको ओन्टारियोमा भएको क्लोभरमेड मौरी दाह्री प्रतियोगितामा यो पटक तँ भन्दा म के कम ? भन्दै साहसी तन्नेरीहरुले जिउभरी हजारौँ मौरी राखेर सबैलाई तर्साए । उनीहरुले मौरीले ढाकेको अनुहार र जिउ त देखाए नै मौरीघार जस्तो अनुहार सहित क्याटवाक पनि गरे ।
2
आफ्नो जिउमा मौरीलाई बसाउनका लागि प्रतियोगीहरुले घाँटीमा रानी मौरी सहितको एक बाकस भिरेका थिए । रानी मौरीकै कारण अरु कर्मी मौरी तथा भालेे मौरी ओरिएका थिए । मौरीको संख्या बढ्न नदिन र जिउमा मिलाएर बसाल्नका लागि मौरी विज्ञहरु त्यहाँ खटिएका थिए । मौरीले नटोकुन् भन्नका लागि मौरीलाई पहिले नै प्रसस्तै चिनी खुवाइएको थियो । साथै मौरीहरुलाई धुवाँले लट्ठाइएको पनि थियो ।
3
यो पटकको मौरी दाह्री प्रतियोगिताको उपाधि जस्टिन हिम्स्ट्राले जिते । उनले आफ्नो जिउमा सबैभन्दा धेरै मौरी अठ्याएनन् मात्र मौरीबाट कलात्मक दाह्री समेत बनाए ।

Monday 5 August 2013

http://www.nepalidarpan.com/

http://www.nepalidarpan.com/

बैदी–भीरकोटको प्रथम अधिवेशन सम्पन अध्यक्षमा रामबंशी I

                                               बैदी–भीरकोटको प्रथम अधिवेशन सम्पन

एनक्युखबर संवाददाता, दोहा/ "निस्वार्थ सेवाको भावना बैदी –भीरकोट प्रवासी सेवा समाजको चाहना" भन्ने मूल उद्घोषका साथ स्थापना भएको बैदी –भीरकोट प्रवासी सेवा समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेम राज राना भाटको सभापतित्वमा भएको उक्त कार्यक्रममा तनहुा सेवा समाज दोहा कतारका अध्यक्ष मनि राज थापा प्रमुख अतिथीमा रहेका थिए भने विशेष अतिथिहरू तनहुा सेवा समाजका सल्लाहाकार नबराज विक , तनहुा सेवा समाजका भुपु अध्यक्ष धन वहादुर परियार, केशवटार सेवा समाजका अध्यक्ष हिरा लाल विक , तनहुा जामुने सेवा समाजका उपाध्यक्ष प्रेम काफ्ले, तनहुँ सेवा समाजका महासचिव मुनाफ मियाा तनहुा दलित सेवा समाजका उपाध्यक्ष मिन बहादुर विक थिए ।
कार्यक्रम अगाडी वढाउदै सभापति, प्रमुख अतिथी , विषेश अतिथीद्धार व्यानर अनावरण साथ प्रमुख अतिथि तनहुा सेवा समाजका अध्यक्ष थापाले दिप प्रज्वलन गरेको कार्यक्रम राष्ट्रिय गान र शहिदहरू मौनधारण गरेका थिए ।

सस्थाका उपाध्यक्ष मुक्ति मल्लको स्वागत मन्तव्य सगै अघी वढेको कार्यक्रममा ब्यक्ताहरूले शुभकामना ब्यक्त गरेका थिए । शुभकामना दिदै तनहँ सेवा समाजका सल्लाहकार नवराज विकले तनहुाको ४६ वटा गाविसहरूलाई समेट्न नसक्दा दु:ख लागेको बताउदै आज बैदी भीरकोट प्रवासी सेवा समाजले आफ्नो प्रथम अधिवेशन मनाउदा खुशी लागेको तर्क राखे ।

उनले आफ्नो गाउा ठाउाको विकाशमा लागि यसरी उत्साहको साथ उपस्थित हुनुभएको कृतज्ञता प्रकट समेत गरे । तनहुँ सम्पर्क मन्च खोल्दैछौ त्यस कार्यको लागि नेपालबाट केदार सिन्देल आउने जानकारी दिदै सम्पूर्ण साथीहरूलाई आगामी निर्वाचनमा एमालेमा भोट दिन आफु सहभागि हुने र नभएपनि परिवार आफन्तलाई आग्रह गर्न जोड दिए । उनले उक्त अवसरमा बाढिपीडितहरूको लागि सहयोग संकलन गर्न समाज क्रियाशिल हुन जोड दिदै प्रवासमा रहेका मजदुरको हकहितको लागि कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा धारण राखेका थिए ।

तनहुँ सेवा समाजका भुपू अध्यक्ष धनबहादुर विकले यो गाविस स्तरीय समाज भएपनि तनहुा सेवा समाजसंग नग र मासुको सम्बन्ध भएको बताउदै । हामीमा राजनितीक ज्ञान हुनु जरुरत भएको र राजनिती गर्दा नै सबै समाजसंग चिनजान बढि हुने धारण ब्यक्त गरे । आफुलाई आवश्यकता हुदा मात्र समाजमा धाउनेहरू प्रति समाजले गहन भएर विचार गर्नुपर्ने बताउदै नयाा बन्ने कार्यसमितिको शुभकामना दिएका थिए ।

शुभकामना राख्दै दलित सेवा समाजका उपाध्यक्ष मिनबहादुर बि.क राजनितीक गर्ने हो भने देशमा नै निवार्चन हुदैछ त्यहाँ गएर राजिनती गर्न आग्रह गरे । त्यस्तै केशवटार सेवा समाजका अध्यक्ष हिरालाल विकले बैदी र केशवटार जोडीएको गाविस भएको बताउदै आगामी दिनमा हातेमालो गरेर सांस्कृतिक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोडदिएका थिए ।

शुभकामना मन्तब्यकै क्रममा प्रमुख अतिथि तनहुा सेवा समाजका अध्यक्ष मनिराज थापाले सामाजिक संस्थामा राजनितीक तर्क विर्तक नर्गन आग्रह गरे । सामाजिक सस्थामा राजनितीको चर्चा धेरै भएको र हामी सस्थामा लाग्नेले राजनिती होईन निस्वार्थ भावन लिएर अगाडी वढ्नु पर्ने तर्क राखे । हामीले राजनितीको कुरा मात्र गर्ने, यो पाटि र उपाटिभन्छौ तर पिडीतहरू प्रति भने हामी कुरा गर्दैनौ यो हामीले सोच्नु पर्ने कुरा हो । आज तनहुँ भित्रका ४६ गाविसहरू छन ।

हामीले ४६ वटै गाविसहरूलाई समेट्ने गरेर एउटा कार्यक्रम गरौ र तनहुा साथीहरूलाई के समस्या परेको छ त्यसको हल गरौ । कुनैपनि कार्यको लागि सामाजिक धारण हुनुपर्छ । हरेक ब्यक्तिसंग आ–आफ्नो राजनितीक विचार राख्नु स्वभाविक हो तर राजनितीक पाटीको मात्र कुरा गर्ने हो भने समाजको काम कस्ले गर्छ यो सोचनिय विषय भएको बताए ।

आफु वर्तमानमा तनहुासेवाको अध्यक्ष भएकोले सम्पूर्णलाई के भन्न चाहान्छु जुन ठाउामा पनि राजनितीक भाषा प्रयोग नगर्न आग्रह गरे । राजनिती गर्नको लागि राजनितीक ठाउँमा जानुस समाजीक सेवामा आएर राजनितीक कुरा नगरि सबै तनहुा बासीहरूलाई समेटेर अगाढी बढन तर्क राखे । राजनिती नै गर्नु छ भने हस्पिटलमा भएको, समस्यामा र जेलमा परेका पीडित ब्यक्तिहरूको उद्धारको लागि राजनिती गर्न आग्रह गरे । आफु पनि राजनितीक पार्टीमा आस्थावान भएपनि सामाजीक धारणा भएको समाजमा आएर राजनितीक परिवेशका कुरा नग्रन आग्रह गरेका थिए । प्रवासमा आफ्नो परिवारको खुशीको लागि केही गर्न आएको र गाउा ठाउाको विकाशमा क्रियाशिल साथीहरूलाई राजनितीको गन्धले समाज प्रति नै नकारात्मक धारणा पर्दै हुने खालको अभिब्यक्ती नदिन समाजका पदाधीकारिहरूलाई आग्रह गरे । उनले नयाा बन्ने कार्यसमितीको सफलताको शुभकामना दिदै जिल्लाबासी समाजसंग सहकार्य गर्दै अगाडी बढन आग्रह गरे ।
कार्यक्रमा मुनाफ मियाा ,प्रेम काफ्ले, प्रेम थापा लगायतले नयाा बन्ने कार्यसमितलाई आ आफ्नो ढङगले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमको अन्तमा सभापति हेमराज रानाभाट समाजले समस्या परेका ब्यक्तिहरूलाई सहयोग गर्दै आएको बताउर्दै तनहुा सेवमा समाजसंग सहकार्यमा नै अगाडी बढने बताए । कार्यक्रमा उपस्थित भएर आफ्नो अमुल्य सुझावदिएकोमा कृतज्ञता प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।


बैदी भीरकोटको अध्यक्षमा रामबंशी


कार्यक्रममा नवराज विकको संयोजकत्व र सदस्य हिरालाल विक र धनबहादुर परियार को निर्वाचनमण्डले अध्यक्ष पदमा रामबंशी ठकुरी चयन गरेको छ । त्यस्तै प्रथम उपाध्यक्षमा पदम रानाभाट, दितिय उपाध्यक्ष विष्णु मल्ल, महासचिव विरेन्द्र मल्ल, सचिव अमर मल्ल, कोषाध्यक्ष उदयराज थापा छन । सदस्यहरूमा रिमबहादुर मल्ल, केशव रानाभाट, धनबहादुर विक, मोहन थापा, तिलबहादुर सारु छनोट भए । त्यस्तै भेलाले हेमराज रानाभाटलाई प्रमुख सल्लाहकार र मुक्ति मल्ललाई सल्लाहकार चयन गरेको छ ।

सम्मान कार्यक्रम


समाजले समाज स्थापना गर्न विगत देखी नै क्रियाशिल भएको र तनहुा सेवा समाजमा राम्रो काम गरेको भन्दै सम्मान गरेको छ । सम्मान पाउनेहरूमा तनहुा सेवा समाजका सल्लाहकार नवराज विक, भूपु अध्यक्ष धनबहादुर परियार, वर्तमान अध्यक्ष मनिराज थापा , तनहुा केशवटार सेवा समाजका अध्यक्ष हिरालाल विक , तनहुा जामुने सेवा समाजका उपाध्यक्ष प्रेमराज काफ्ले, तनहुा दलित सेवा समाजका उपाध्यक्ष मिनबहादुर बिक र भोला थापा क्षेत्रीलाई खादा र मायाको चिनो दिएर सम्मान गरेको थियो ।